सोलुखुम्बुको देउराली–छिवा–चन्दने हुँदै हुंगा जोड्ने सडकको ट्रयाक ओपन सुरु

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु – सोलुखुम्बुको देउराली–छिवा–चन्दने हुँदै हुंगा जोड्ने सडकको ट्रयाक ओपन कार्य सुरु गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमको जोर बौद्वमा बिहीबार संघीय संसाद हेम कुमार राई ‘सुरवीर’ को प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरि सडकको ट्रयाक ओपन कार्य सुरु गरिएको थुलुङ दुधकोशी गाउँपालिकाका प्रबक्ता भुपाल सिंह राईले जानकारी दिए ।

उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय हर्कपुरबाट ३ करोड रुपैया बजेट बिनियोजन भएको छ ।

कार्यक्रममा प्रदेश सांसद माननीय उत्तम कुमार बस्नेत, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, जिल्ला समन्वय समितिका उपप्रमुख धर्मराज बन लगायतका उपस्थती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार