सोलुखुम्बुमा भिरबाट लडेर एक जनाको ज्यान गयो

सोलुखुम्बु – सोलुखुम्बुमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । शुक्रबार दिउँसो करिब १२ः४५ बजेको समयमा थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका ६१ वर्षिय कृष्णप्रकाश राईको भिरबाट लडेर ज्यान गएको हो ।

जनता मावि नजिकैको भिरबाट लडेर उनि करिब ३ सय मिटर तल पुगेका थिए । स्था नियले देखेपछि उनलाई उपचारका लागि प्राथमिक उपचारका लागि लोखिम स्वास्थ्य चौकी लैजादै गर्दा बाटैमा ज्यान गएको लोखिमका वडाध्यक्ष भुपाल सिं राईले जानकारी दिए ।

अहिले प्रहरीको टोली घट्नास्थलमा पुगेर कानुनी प्रक्रिया पुरा गर्ने क्रममा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार