सहिद परिवारलाई पार्टी र राज्य दुबैले उपेक्षा गरे – शहिदपुत्र खड्का

सोलुखुम्बु- नेपाली कांग्रेस काठमाण्डौ सोलु सम्पर्क समितिका सभापति एंव सहिद पुत्र मनोज खड्काले सहिद परिवारलाई राज्यले कुनै सुविधा दिन नसकेको बताउनुभएको छ । राज्यको तर्फबाट मात्र नभई स्वयं पार्टीले पनि सहिद तथा सहिद परिवारलाई उपेक्षा गरेको उहाँको भनाई छ ।

नेपाली काँग्रेसले पञ्चायती व्यवस्था विरुद्ध वि.सं.२०३१ सालमा गरेको शसस्त्र क्रान्तिका क्रममा मारिएका ४७ जना सहिद मध्ये सहिद अम्बर बहादुर खड्काका पुत्र मनोज खड्काले हिमाल एफएम सँग कुरा गर्दै टिम्बुरबोटे घटनामा जीवन गुमाएका सहिदहरुलाई सबैले सम्झनु पर्नेमा जोड दिनुभयो । खड्काले आफू राजनीतिमा सक्रियतापूर्वक खटिरहँदा समेत पार्टीको कुनै महाधिवेशनमा उचित स्थान दिन नसकेको गुनासो गर्नुभयो ।

उहाँले ऐतिहासिक भुमि टिम्बुरबोटेको संरक्षण तथा प्रर्बद्धनका लागि तिङ्लाबासी लगायत प्रजातन्त्रप्रेमि सबैले भुमिका निर्वाह गर्नुपर्ने भन्दै अरुले केही नगरेपनि आफूले सहिद अम्बर बहादुर खड्का स्मृति प्रतिष्ठानबाट सकेको काम गर्ने बताउनुभएको छ । कुर्सीको मोह, गुटको राजनीतिकै कारण सहिदको सपना अहिले सम्म पुरा नभएको र पार्टी पक्तिले सहिदको योगदान समेत भुलेकोमा आफूलाई दुख लागेको खड्काले बताउनु भएको छ ।
टिम्बुरबोटे घटनाको स्मरणमा शहिदपुत्र खड्कासँगको भिडियो संवाद तलको लिंकमा हेर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार