चाक्चाकुरको अवसरमा महाकुलुङमा ३ दिन सार्वजनिक विदा दिईने

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु – कुलुङ जातिको मुख्य पर्व चाक्चाकुरको अवसरमा स्थानीय सरकारले ३ दिन सार्वजनिक विदा दिने भएको छ ।

यस वर्षको चाक्चाकुरमा ठुला खालका मेला तथा उत्सब आयोजना नगर्ने निर्णय गरेको सोलुखुम्बुको महाकुलुङ गाँउपालिकाले सार्वजनिक विदा भने दिने भएको छ । गत मंसिर २० र २१ गते बसेको गाँउकार्यपालिकाको बैठकले कोरोना संक्रमण दरलाई मध्यनजर गर्दै चाक्चाकुरमा गत वर्षझै मेला महोत्सवको आयोजना नगर्ने निर्णय गरेको थियो ।

घरमै बसेर पर्व मनाउनको लागि पालिकाले स्थानीय पौष १५, १६ र १७ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
चाक्चाकुरका अवसरमा अनावश्यक जमघट नगर्न र घर परिवारमै बसी सुरक्षित ढंगले चाक्चाकुर मनाउन गाँउपालिका अधयक्ष सागर किरातीले आग्रह गरे । मौलिक चाडबाडको संरक्षणको लागि पालिकाले विदा दिएको अध्यक्ष किराँतीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार