प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ कोरोना संक्रमित थपिए

  हिमाल समाचार
14 Shares

विराटनगर –  पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७० जना डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट ६६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ६० पुगेको छ ।

प्रदेश १ मा आज ६५ जना संक्रमित थपिएका छन् । मोरंगमा २१, झापामा १९, सुनसरीमा १७, इलाममा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १२, सुन्दरहरैचामा ४, पथरीशनिश्चरेमा २, रतुवामाई, केराबारी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ८, दमकमा ४, शिवसताक्षीमा ३, मेचीनगर, कचनकवल, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा ८, इटहरीमा ६, इनरुवा, बराहक्षेत्र र दुहवीमा १–१, इलामको इलाम नगरपालिकामा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार २९५ पुगेको छ । प्रदेश १ मा आज ५३१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
परीक्षण गरिएका मध्ये ३६ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३ हजार ९५७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार