जमरकट्टेल सेवा प्रतिष्ठान नेपालको सातौ बार्षिक साधरण सभा सम्पन्न

  हिमाल समाचार
147 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचामा जमरकट्टेल सेवा प्रतिष्ठान नेपालको सातौ बार्षिक साधरण सभा सम्पन्न भएको छ ।

यसअघि स्थगित जमरकट्टेल सेवा प्रतिष्ठान नेपालको सातौ वार्षिक साधारणमा प्रतिष्ठानको आय–व्यव सार्वजनिक गरिएको छ ।

प्रतिष्ठानको आयतर्फ १६ लाख २१ हजार ६०२ र व्ययतर्फ १८ लाख २० हजार ३१० रुपैया रहेको आर्थिक प्रतिवेदन कोषध्यक्ष डम्बर प्रसाद जमरकट्टेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै सोलुखुम्बुबाट निर्वाचित संघिय सांसद हेमकुमार राई ‘सुरवीरले’ प्रतिष्ठानले गरेको कामको प्रसंसा गर्दै जिल्लामा विकासका पुर्वाधार निर्माणमा जोड दिएको बताए ।

नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले प्रतिष्ठानले गरेका कामको प्रशंसा गरे । प्रतिष्ठानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतिष्ठानका संस्थापक अध्यक्ष एकराज जमरकट्टेलले देशैभरी जमरकट्टेललाई एकिकृत गर्दै सदस्यता वितरण गरिरहेको बताए ।

कार्यक्रममा नेचासल्यानगाउँपालिका २ सल्यानका वडाध्यक्ष भेषकुमार बास्तोला, जमरकट्टेल प्रतिष्ठानका कार्यकारी अध्यक्ष कमल प्रसाद जमरकट्टेल लगायतका प्रतिष्ठानका पदाधिकारीको उपस्थिती रहेको सहकर्मी धनकुमार ढुंगेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार