नेचामा बशिष्ट हिन्दु तथा साँस्कृतिक पुस्तकालयको भवन उद्घाटन

  हिमाल समाचार
161 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित बशिष्ट हिन्दु तथा साँस्कृतिक पुस्तकालयको भवन उद्घाटन गरिएको छ ।

गाउँपालिकाको ५ लाखको लागतमा निर्माण गरिएको पुस्तकालय भवनको शनिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले १०८ दिप प्रज्वलन गरि अध्यक्षले उद्घाटन गरे । गाउँपालिका अध्यक्ष बास्तोलाले सिमित बजेटले भवन निर्माण गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा नेचासल्यान गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का वडाध्क्ष धर्मध्वज खत्रिले सबै धर्मलाई सम्मान गर्दै धार्मिक विकासमा अघि बढेको बताए ।

कार्यक्रम बशिष्ट धार्मिक तथा हिन्दु सांस्कृतिक पुस्तकालयका कार्यसमिति अध्यक्ष शिवप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार