नेपाल प्रजातान्त्रिक महासंघ युवा समिति खोटाङको संगठन बिस्तार

  हिमाल समाचार
49 Shares

खोटाङ – नेपाल प्रजातान्त्रिक महासंघ युवा समिति खोटाङले पूर्णता पाएको छ । कार्तिक ३० गते विवेक पराजुलीको संयोजकत्वमा गठित युवा समितिले शनिवार पूर्णता पाएको हो ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको सहसंयोजकमा सुमन आचार्य ९चिरञ्जीवी०, सचिवमा गोपाल आचार्य, सहसचिवमा रमेश खड्का र कोषाध्यक्षमा कविता वन चयन भएको नेपाल प्रजातान्त्रिक महासंघ खोटाङका अध्यक्ष अनिल आचार्यले जानकारी दिए ।

वीपी स्मृति भवन दिक्तेलमा सभाषद सरस्वती वजिमयको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका वीच समिति विस्तार गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार