सोलुखुम्बु – नेचासल्यान गाउँपालिकामा कृषि तथा औद्योगिक मेला प्रदर्शनी सम्पन्न भएको छ । गाउँपालिकाले कृषि क्षेत्रको विकास र कृषकलाई हौसला प्रदान गर्नका लागि आईतबार कृषि तथा औद्योगिक मेला प्रदर्शनी गरिएको हो ।
कृषि तथा औद्योगिक मेला प्रदर्शनीमा १४ प्रकारका १ हजार भन्दा माथि संख्याका कृषि तथा औद्योगिक सामाग्री २९३ कृषकले प्रर्दशन लागि लगेका थिए । जसमा बेदबाँस, हाते होजियारी, खाँडि, जरे तथा कन्दमुल, मसला बाली, नगदे बाली, दलहलन बाली, तरकारीबाली, फलफुल , खाद्यान्न बाली, तेहलन बाली, फर्निचर, साँस्कृतिक भेषभुषा, विविधि रहेको थियो ।
प्रदर्शनीको मुल्याङकन कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा तिरुवा, प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई ओखलढुंगाका प्रमुख पुर्णा ढुंगाना, घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख कपिलमणि दाहाल, नेचासल्यान गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शलिकराम बस्याल लगायत अन्य कर्मचारीहरुले मुल्याङकन गरेका हुन् । जसमा ४५ जना कृषक पुरस्कृत भएका छन् । प्रथमलाई ३ हजार, दोस्रोलाई २ हजार, तेस्रोलाई १५ सय र सान्वनालाई १ हजारको साथमा प्रमाण पत्र वितरण गरिएको छ ।
प्रदर्शनीमा सहभागि अन्य कृषकलाई ५ सयका दरले यातायात खर्च प्रदान गरिएको छ । कृषि तथा औद्योगिक मेला प्रदर्शनी कार्यक्रममा सोलुखुम्बुबाट निर्वाचित निवर्तमान संघिय सांसद हेमकुमार राई ‘सुरवीर’ले कृषी क्षेत्रलाई मुख्य प्राथमिकता दिएर काम गरेको बताए ।
कृषीका पुर्वाधार निर्माणलाई जोड दिएको उनले बताए । कृषि तथा औद्योगिक मेला प्रदर्शनीले कषि क्षेत्रको विकासको कोसे ढुंगाको रुपमा लिएको नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको भनाई छ ।
कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले नेचासल्यान गाउँपालिकामा भएको विकासको प्रशंसा गरिन् । कार्यक्रममा विभिन्न निकायका प्रतिनिधि, गाउँपालिकाका सबै वडाका वडाध्यक्ष लगायतको उपस्थिती हेको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।