प्रशासनिक भवन निर्माण गर्ने माप्य दुधकोशीको तयारी

 686 पटक हेरिएको

सोलखुुम्बु – सोलखुुम्बुको माप्यदुधकोशी गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माणको तयारी थालेको छ । एक वर्ष भित्रै गाउँपालिकाले खास्तापमा भवन निर्माणको तयारी थालेको हो ।

गाउँकार्यापालिकाको निर्णय बमोजिम भवन निर्माण प्रक्रिया अघि बढाएको गाउँपालिका उपाध्यक्ष जुनिता माया मगरले जानकारी दिईन् । स्थानीयले निशुल्क जग्गा गाउँपालिकाको नाममा पास गर्न शुरु गरेकोले चाडै भवन निर्माणका लागि बाटो खुलेको उनको भनाई छ ।

गत सोमबारदेखि गाउँपालिकाको वडा नम्बर ३ का नागरिकले गाउँपालिकाको नाममा जग्गा पास गरिरहेको उनले बताईन् ।

सो क्षेत्रको माटो समेत परिक्षण गरिसकिएकाले चालु आर्थिक वर्षमा १ करोडको लागतमा सुविधा सम्पन्न भवन निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

जिल्लाको थुलुङ दुधकोशी र खुम्बुपासाल्हामु गाउँपालिकाले भने यस अघि नै प्रशासनिक भवन निर्माण गरि कार्य सञ्चालन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार