सोलुखुम्बु – पुर्वमन्त्री एवम नेपाली काँग्रेसका केन्द्रिय सदस्य बल बहादुर केसीले हरेक स्थानीय तहमा भ्रष्टाचार मौलाउदै गएको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस थुलुङ दुधकोशी गाँउपालिका कार्य समितिले लोखिममा आयोजना गरेको बृहत आमसभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै काँग्रेस नेता केसीले जनताहरुको जनचाहना अनुसार ओली सरकारले काम गर्न नसकेको बताए ।
त्यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति विनोद बस्नेतले नेकपा सरकाले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए । भ्रष्टाचारीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने ठाँउमा उल्टै संरक्षणमा लागेको बताउदै जनअपेक्षा अनुसार काम नभएको उनले बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय भन्दा बढी नेपाली काँग्रेस प्रवेश गरेका छन् । वर्तमान सरकारको कामकारबाही प्रति असन्तुष्टी बढेको बताउदै २ सय ५२ जनाले काँग्रेस प्रवेश गरेका हुन् ।
सोही अवसरमा २ सय १५ जना ज्येष्ठ नागरिकलाई दोसल्ला र खादा ओडाएर सम्मान गरिएको छ । कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशसिंह कार्की, नेपाल तरुणदलका जिल्ला अध्यक्ष अशोक कुमार झा, नेविसंघ अध्यक्ष अश्विन बाबु बस्नेत, सोलुदुधकुण्ड नगरपालिकाकी प्रवक्ता सारदा माया तामाङ, काँग्रेस नेता रोसन थुलुङ, कांगे्रस नेतृ एकाकुमारी कार्की, समाजसेवी कर्ण बहादुर तामाङ लगायत अन्य कार्यकर्ताहरुको उपस्थिती रहेको संवाददाता अम्बिर काजी तामाङले जानकारी दिए ।