सोलुखोला माथिको झोलुङगे पुल जिर्ण

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको ठुलढुंगा र नेचा सल्यान गाउँपालिका २ सल्यान जोड्ने झोलुङगे पुल जिर्ण बनेको छ ।

सोलुखोला माथिको झोलुङगे पुलमा प्रयोग गरिएका काठ मक्किएपछि आवतजावतमा समस्या भएको सल्यानका प्रकाश भट्टराईले बताए ।

खोलामा मोटरेबल पुल नभएकाले मोटरसाईकल समेत झोलुङगे पुल मार्फत तार्दा दुर्घटनाको जोखिम बढेको स्थानियले बताएका छन् । स्थानिय सरकारले यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीयको जोड छ ।

नेचासल्यान गाउँपालिका २ सल्यानका वडाध्यक्ष भेषकुमार बास्तोलाले भने जिर्ण पुलको चाडै मर्मत गरिने बताए । सोलुखोलामा मोटरेबल पुल निर्माण गरिने भएकाले तत्कालका लागि काठ नै प्रयोग गरिने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार