अलोकतान्त्रिक कदमको विरोधमा एक भएर लाग्ने सर्वदलीय बैठकको निष्कर्ष

काठमाण्डौं– नेपाली कांग्रेसको आह्वानमा कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको सर्वदलीय बैठकले संसद् विघटन संविधान विपरीत भएको जनाएको छ । कांग्रेसको सर्वदलीय बैठकले यो कदमलाई संविधानमाथिको आक्रमण पनि भनेको छ ।

सोमबारको बैठकपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार प्रतिनिधि सभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको निष्कर्ष बैठकले निकालेको बताउनु भएको हो ।

संसद् विघटनको निर्णयविरुद्ध तीन वटै पार्टीले एकताबद्ध भएर अगाडि बढ्ने समझदारी पनि भएको श्रेष्ठले बताउनुभयो । पौष ७ गते तीन वटै दलले केन्द्रीय कमिटी बैठक बोलाएको उल्लेख गर्दै उहाँले बैठकपछि फेरि छलफल गरी आगामी कार्यक्रम घोषणा गर्ने बताउनुभयो ।

यता कांग्रेस नेता रमेश लेखकले पनि प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध तीन वटै पार्टी एकमत भएको निष्कर्ष बैठकले निकालेको बताउनुभयो

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् विघटनको घोषणा गर्दै नयाँ चुनावको मिति तय गर्नुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद् विघटनको घोषणा गरेपछि त्यसको चर्को आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार