विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई भर्चुअल सम्बोधन प्रधानमन्त्रीको वलीद्धरा सम्बोधन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्छ र यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनु पर्ने भनाई राख्नु भएको हो ।

प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिमा प्राविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहेने भएकाले आगामी दिनमा पनि प्राविधिक शिक्षाको भूमिकालाई अझ बढाउँदै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिभुवन विश्वविद्यालयको एउटा चुनौती हो ।’’ सङ्ख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको टड्कारो आवश्यकता भएको उहाँले बताउनुभयो ।

राजनीतिक सन्दर्भमा प्रधानमन्त्री ओलीले अशान्तिपूर्ण गतिविधिहरू किमार्थ स्वीकार्य हुन नसक्ने भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध चलमलाउन नखोज्न सबैलाई आग्रह गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार