सोलुखुम्बु – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा माटो परिक्षण शिविर सुरु भएको छ
प्रदेश नम्बर एक माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा ७ वटै वडाका कृषकहरूले संकलन गरेको माटोको नमुना परिक्षण सोमबार एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष सपना राईले उद्घाटन गरिन् ।
माटोमा पोटास, फस्फोरस नाईट्रोजन र पिएचको मात्रा जाँचका लागि माटो परिक्षण सुरु गरिएको गाउँपालिका उपाध्यक्ष राईले जानकारी दिईन् । माटो परीक्षण पश्चात माटोको प्रकृति हेरी गाउँपालिकाले चालु आर्थक वर्षका कृषि कार्यक्रम संचालन गर्ने लक्ष्य राखेको छ ।