लक्ष्मी मावि बडहरेका १० विद्यार्थीलाई रेडियो वितरण

  हिमाल समाचार
112 Shares

सोलुखुम्बु – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लक्ष्मी मावि बडहरेका १० विद्यार्थीलाई रेडियो वितरण गरेको छ ।

नगरपालिकाले मेरो रेडियो मेरो भबिस्य कार्यक्रम अन्तरगत सोमबार विद्यार्थीलाई रेडियो वितरण गरिएको नगरपालिकाकी उमेयर विमला राईले जानकारी दिईन् ।

वडा नम्बर ४ बडहरेको आयोजनामा गरिएको कार्यक्रममा किशोरीलाई घरेलु सेनिटरी प्याड, स्वास्थ्य सामाग्री बितरण वितरण गरिएको छ ।

साथै १ देखी ५ सम्मका बिद्यार्थीका दिवा खाजाको कार्यक्रमको विषयमा जानकारी तथा विद्यालयको शैक्षिक सुधारको विषयमा छलफल भएको छ । कार्यक्रममा जनप्रतिनिधि, रिड नेपालका प्रतिनिधि, लगायत स्थानियको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार