ओली समुहकाे उपेक्षामा बाँस्ताेला, काे-काे परे साेलुबाट केन्द्रीय समितिमा ?

  हिमाल समाचार
2.5k Shares

सोलुखुम्बु – नेकपाको ओली समुहले आज ५५६ जना केन्द्रीय सदस्य मनोनित गरेसँगै सबै जिल्लाका अधिकांश नेताहरु केन्द्रीय कमिटिमा परेका छन् ।

एकीकृत पार्टीमा २ मात्र केन्द्रीय सदस्य रहेको सोलुखुम्बुका दुवै केन्द्रीय सदस्य हेमकुमार राई र राजेन्द्र बस्नेत प्रचण्ड-नेपाल समुहमा लागेपछि ५ जना आफ्ना खेमाका लाई ओलीले मनोनित गरेका छन् ।

मनोनयनमा सिनियरदेखि जुनियरसम्मकाहरु समेटिए पनि तत्कालीन नेकपा एमालेका उपाध्यक्ष समेत भईसकेका नेता डुफकुमार बाँस्तोला भने यो पटक पनि ओलीको रोजाइमा परेनन् । उनी जिल्ला उपाध्यक्ष हुँदा सचिवालय सदस्य मात्रै रहेकाहरु समेत केन्द्रीय सदस्यमा मनोनित भए पनि बाँस्तोला पछिल्लो समय ओली गुटको उपेक्षामा परेका हुन् ।

यसअघि प्रदेश कमिटीमा पनि समावेश नगरिएका नेचासल्यान गाउपालिकाका अध्यक्ष समेत रहेका बाँस्तोलाले क्याम्प परिवर्तन गरेको आंकलन नेकपा भित्रैबाट हुने गरेको छ । प्रदेश कमिटीमा साँढे ५ सयको संख्यामा मनोनित हुँदा पनि उनको नाम समावेश नहुनुलाई प्रचण्ड-नेपाल समुहमा उनको निकट्ता बढेको रुपमा लिइएको छ ।

यता बाँस्तोलाले भने आफुले कहिल्यै पनि चाकडीको राजनिती नगरी निष्ठाको सिद्धान्तमा अगाडि बढ्ने प्रतिक्रिया दिए । आजको मनोनयनमा सोलुखुम्बुबाट बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत, मानवीर राई, सोनामग्याल्जेन शेर्पा र कल्पना राई परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार