सोलुखुम्बुमा संसद विघठन विरुद्ध प्रदर्शन

  हिमाल समाचार
539 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा प्रधानमन्त्री केपि शर्मा ओलीको ओलीले स्वेच्छाचारी र निरंकुश कदम चालेको भन्दै सोलुखुम्बुमा राष्ट्रिय युवा संघ नेपाल र जनसाँस्कृतिक महासङ्घ लगायतका जनवर्गिय संगठनले विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघठन गरि पार्टी फुटको अवस्थामा पु¥याएको भन्दै त्यसका विरुद्ध मंगलबार सल्लेरीमा प्रदर्शन गरिएको राष्ट्रिय युवा संघका जिल्ला कमिटि सदस्य रस्विन मगरले जानकारी दिए ।

प्रदर्शन पछि जिल्ला समन्वय समिति नजिकै परिक्षणत भएको कोण सभामा राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बुका संयोजक देब बस्नेत (देउता), राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा सोलुखुम्बु सह–इन्चार्ज हेमचन्द्र राई र जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघका वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पा कर्माले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार