धितुङमा मेलमिलाप केन्द्र गठन

  हिमाल समाचार
98 Shares

सोलुखुम्बु – खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङमा मेलमिलाप केन्द्र गठन गरिएको छ ।

नगरपालिकाको न्यायिक समिति अन्तरगत धितुङका वडाध्यक्ष पृथ्वीराज राईको संयोजकत्वमा ५ सदस्य मेलामिलाप केन्द्र गठन गरिएको हो ।

मेलमिलाप केन्द्र गठन गरिएपछि अभिमुखिकरण पनि गराईएको नगरपालिकाकी उपमेयर विमला राईले जानकारी दिईन् ।

विभिन्न ११ प्रकारका मुद्धा मेलामिलाप केन्द्रले छलफल गरि मेलामिलाप गराउन सक्ने कानुनी व्यवस्था रहेको छ ।

यसैबीच, धितुङमा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता कार्यक्रमको अभिमुखिकरण समेत सम्पन्न भएको छ ।

अभिमुखिकरणको अंश यो लिंक मार्फत पनि हेर्न सकिन्छ
https://www.facebook.com/100007277498897/videos/pcb.2758998164352740/2758982311020992/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार