खुम्बुमा वडास्तरिय महिला तथा पुरुष भलिबल खेल सम्पन्न

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – खुम्बुमा वडास्तरिय महिला तथा पुरुष भलिबल खेल सम्पन्न भएको छ । खुम्बुमा जारी वडा स्तरिय पुरुष भलिबल तर्फको उपाधि नेपाल तरुण दल सोलुदुधकुण्ड नगरपालिका ८ र महिला तर्फको फ्रेण्डसिप थुय क्लबले हात पारेको छ ।

ख्रिष्टमस तथा अङग्रेजि नयाँ वर्षको अवसरमा खाङग्री चर्च टोकटोकले आयोजना गरेको जिल्ला व्यापी वडा स्तरिय पुरुष तथा महिला भलिबल खेल मंगलबार सकिएको हो । पुरुष तर्फको भलिबल खेलमा सोताङ गाउँपालिका ३ नम्बर वडा द्धितिय र महाकुलुङ गाउँपालिका २ नम्बर वडाले तृतिय स्थान हासिल गरेको छ ।

महिला तर्फको भलिबलमा कोङदे युवा क्लब द्धितिय र माप्यदुधकोशी ७ नम्बर वडाले तृतिय स्थान हासिल गरेको छ । पुरुष तर्फको भलिबलमा जित सँगै तरुण दल सोलुदुधकुण्ड नगरपालिका ८ ले १ लाख ३ हजार हात पारेको छ । त्यस्तै द्धितिय हुनेले ७२ हजार र तृतिय स्थान हासिल गर्नेले ५२ हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र हात पारेका छन् ।

त्यस्तै महिला तर्फको उपाधि हात पार्ने फ्रेण्डसिप थुय क्लबले ४२ हजार, द्धितिय हुने टिमले २२ हजार र तृतिय हुने टिमले १२ हजार रुपैया हात पारेको छ । समापन कार्यक्रम खाङग्री चर्चका अध्यक्ष खिलकुमार राईको अध्यक्षतमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार