भित्ताखर्क र गार्मा जोड्ने मोटरेबल पुलको शिलान्यास

  हिमाल समाचार  963 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको भित्ताखर्क र गार्मा जोड्ने गरि मोटरेबल पुलको शिलान्यास गरिएको छ ।
सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा र भित्ताखर्क जोड्ने गरि सोलुखोला माथि बन्ने मोटरेबल पुलको बुधबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पा र नगर कार्यापालिका सदस्य सोनाम ग्याल्जेन शेर्पाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

भित्ताखर्कका सर्वसाधरणलाई बाह्रै महिना सदरमुकाम र वडा कार्यालयसम्म आवतजावतका लागि सहज होस भन्ने हेतुले मोटरेबल पुल निर्माण गर्न लागिएको मेयर नाम्गेल जांबु शेर्पाले बताए ।

करिब ६५ लाखको लागतमा निर्माण हुने मोटरेबल पुल निर्माण सम्पन्न भई सिधा सडक सञ्चालनमा आउने भन्दै बिरामीलाई बोकेर ल्याउनुपर्ने बाध्यता हट्ने नगर कार्यापालिका सदस्य सोनाम ग्याल्जेन शेर्पाले बताए । मोटरेबल पुल शिलान्यास कार्यक्रममा जनप्रतिनिधि स्थानिय लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार