सोलुखुम्बुमा आगोलागीबाट एक घर जलेर नष्ट

  हिमाल समाचार  1555 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुमा आगोलागीबाट एक घर जलेर नष्ट भएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ८ देउसा स्थित बर्मामा नौबहादुर राईको माटो ढुंगाले बनेको दुई तले घरमा बिहीबार राति करिब १२ बजेको समयमा आगोलागी भएको हो । नौबहादुरको घरमा शंकास्पद रुपमा आगोलागी हुँदा घरमा भएको अन्नपात, धनमाल, लत्ताकपडा जलेर नष्ट भएको हो ।

अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ । ५ जनाको परिवार रहेको राईको परिवार बिचल्लीमा परेको छ । आगोलागी कसरी भयो भन्नेबारे यकिन भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार