सोलुखुम्बुको दलित छात्रवास अव्यवस्थित

समस्यामै विद्यार्थी

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा २०६३ सालमा स्थापना गरिएको दलित छात्रवास भवन अव्यवस्थित देखिएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी स्थित तत्कालीन हिमाली उत्पीडित समुदाय उत्थान मञ्च सोलुखुम्बुले सञ्चालन गरेको दलित छात्रवासको भवन भित्रअव्यवस्थित देखिएको हो ।

व्यवस्थापन समितिले रेखदेखमा चासो नदेखाउँदा भवनको भुईतलाका काठ भत्किएको, बिजुलीको तार व्यस्थापन नभएको, घेराबारको उचित प्रबन्ध नभएको २ वर्ष छात्रावासमा बसेर अध्ययन गरेका विद्यार्थी रामबहादुर विश्वकर्माले गुनासो गरे । बर्षौदेखिको समस्या समाधानका लागि व्यवस्थापन समितिलाई आग्रह गरेको भएपनि अटेर गरेको उनको भनाई छ ।

अध्ययनका लागि सदरमुकाम बस्दा विद्यार्थीलाई आर्थिक भार बढि पर्ने भएकाले आर्थिक अवस्थाकमजोर भएका दलित विद्यार्थीलाई अध्ययन सहजीकरणका लागि बनाईएको छात्रवासमा खानेपानीको उचित प्रबन्ध नहुँदा झनै समस्या भएको लिखुपिके गाउँपालिका घर भई छात्रवासमा बस्दै आएका विद्यार्थी संगिता घिमिरेको गुनासो छ ।

अहिले करिब १ दर्जन विद्यार्थी बस्दै आएको छात्रावासमा १५ वटा कोठा, ३ शौचालय र भान्सा कोठा बजेट अभावमा मर्मतका लागि समस्या भएको व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर नेपालीले बताए ।

४० जना विद्यार्थी क्षमता रहेको चार रोपनी क्षेत्रफलमा रहेको छात्रवासको व्यवस्थापनका लागि सोलुदुधकुण्ड नगरपालिकालाई अनुरोध गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार