रावावेसी गाउँपालिकामा शुक्रबारे हटिया सञ्चालन

  हिमाल समाचार
252 Shares

सोलुखुम्बु – घण्टौँ हिडेर कृषि उपज बिक्रि गर्न पालिकाभन्दा बाहिर जानुपर्ने रावावेशी गाँउपालिका खोटाङका कृषकहरुको बाध्यता अन्त्य भएको छ ।

शुक्रबारबाट पालिकाभित्रै हटिया संचालनमा ल्याईएसंगै कृषकलाई कृषि उपज बिक्रिका लागि सहज भएको हो ।

कृषि उपज बिक्रि गर्ने तथा उपभोक्ताले खरीद गर्ने कुनै निश्चित स्थान नभएकाले रावावेशी गाउँपालिकाले वडा नम्बरं १ कुभिण्डेस्थित हरमटारमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि हटिया उद्घाटन गरिएको हो ।

विगतमा उचित व्यापारिक केन्द्र नहुँदा उत्पादित वस्तु विक्री नहुने, बजार मुल्य नपाउने लगायतका समस्याहरुलाई समाधान गर्नका लागि हटिया सञ्चालनमा ल्याईएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको भनाई छ ।

पहिले जस्तो डोकोमा बाकेर घण्टौ हिड्नु नपर्ने भो भन्दै रावावेशीका कृषकहरु हर्षित बनेका छन् । अबदेखी हरमटारमा प्रत्येक हप्ताको शुक्रबार हटिया लाग्दछ । कृषकहरुले उत्पादन गरेका कृषि उपज विक्री नहुने समस्यालाई मध्यनजरगर्दै छिट्टैनै रावावेशी गाँउपालिकाले चिस्यान केन्द्र निर्माण गर्ने योजना समेत बनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार