संसद विघटनको बिरोधमा जनता समाजवादी पार्टीले ग¥यो प्रदर्शन


सोलुखुम्बु –
संसद विघटनको बिरोधमा जनता समाजवादी पार्टीले सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

असंबैधानिक ढंगले संसद बिघटन गरेको, कोभिड–१९ को महामारीकाबेला निर्वाचनको घोषणा गरेर मुलुकमाथि आर्थिक भार थोपर्ने प्रयास गरिएको तथा संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयत्न गरिएको भन्दै देशैभर प्रदर्शन गरेको हो ।

सोहि अनुसार जनता समाजवादी पार्टीले शुक्रबार सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा पनि राष्ट्रपति विद्यादेबी भण्डारी तथा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको हो ।

सोलुखुम्बुको पार्टी कार्यालय हुलाकचोकबाट ¥याली निकाली शशस्त्र प्रहरीको क्याम्प पुगेर पुनः पार्टी कार्यालय नजिकै कोण सभामा परिणत भएको थियो । संसद विघटनको बिरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको जनता समाजवादी पार्टी सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापा मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार