सोलुखुम्बु – तत्कालीन नेकपा एमाले सोलुखुम्बुका पुर्व अध्यक्ष तथा पुर्व जि.वि.स सभापति आङ ङिमा लामाले संसद विघठन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको बताएका छन् ।
नेकपाको विभाजनसँगै देशव्यापी कित्ताकाट अभियान चलिरहेको बेला नेकपा सोलुका प्रभावशाली नेता लामाले आज एक विज्ञप्ती जारी गर्दै केपी ओलीको कदम प्रति गम्भिर असन्तुष्टि जनाएका छन् ।
संघिय गणतन्त्रको उपलब्धि रक्षाका लागि प्रचण्ड–नेपाल समुह नेकपा र नेपाली काँग्रेस संयमित ढंगले लाग्नुपर्ने लामाको भनाई छ ।
पुर्व एमालेमा कुशल संगठनको छवि बनाएका लामाको टोलटोल राम्रो पकड रहेको छ । लामा प्रचण्ड–माधव खेमामा खुलेसँगै सोलुखुम्बु जिल्लामा ओली समुह अल्पमतमा पर्ने व्याख्या र विश्लेषणहरु हुन थालेका छन् ।