प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधमा तरुण दलको मोटरसाईकल सिट्ठी ¥याली

  हिमाल समाचार
777 Shares

सोलुखुम्बु – नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा मोटरसाईकल सिट्ठी ¥याली निकालेको छ ।

सल्लेरी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालय बसन्त बजारबाट निकालिएको मोटरसाईकल ¥याली दोर्पु बजार–फाप्लु हुँदै पुनः सल्लेरीमा फर्किएर कोण सभामा परिणत भएको थियो ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघठनको विरोध गरिएको नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले जानकारी दिए ।

सोमबार गर्ने नेपाली काँग्रेसको देशव्यापी आन्दोलनको लागि जनतालाई सडकमा आउनका लागि आव्हान गर्दे आज विरोध प्रदर्शन गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार