नेकपा विभाजनको असर सोलुमा पनि, बेग्लाबेग्लै विज्ञप्ती

  हिमाल समाचार
546 Shares

सोलुखुम्बु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सोलुखुम्बुमा पनि देखिएको छ । केन्द्रमा नेकपाका दुई समूहबीच रस्साकस्सी चलिरहेको बेला त्यो विवादले नेकपा सोलुखुम्बुलाई पनि छोएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समुहले प्रधामन्त्री केपी शर्मा ओलीले असंवैधानीक तवरले संसद विघठन गरेको विरोधमा पुस १४ मा सल्लेरीमा मंगलबार प्रदर्शनको तयारी गरेको छ । नेकपा सोलुखुम्बुका सचिव गोम्बु शेर्पा (कज्र्याङ) का अनुसार नेकपा) केन्द्रीय समितिको निर्णय अनुसार मंगलबार सल्लेरीमा प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र जनचाहना बिपरितको प्रतिगामी कदम बिरुद्धको बिरोध प्रदर्शनमा गरिने जानकारी दिए ।

पार्टी सम्बद्ध जनबर्गीय संगठनमा संगठित सबै नेता कार्यकर्तालाई उपस्थित हुन आग्रह गरिएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली समुह पक्षघरले भने जिल्लामा आधिकारिक रुपमा कुनै पनि कार्यक्रमको आयोजना नगरिएको जनाएको छ । अध्यक्ष मानवीर राईद्धारा हस्ताक्षरित जारी प्रेश विज्ञप्तीमा औपचारिक रुपमा पार्टी नफुटेकाले केही समुहले पुष १४ गते सल्लेरीमा पार्टी कार्यक्रम आयोजना गरेको भन्दै सामाजिक सञ्जालमा सुचना सम्प्रेषण गरेको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

उद्यपी, प्रचण्ड–नेपाल समुह पक्षघरले ओलीको असंवैधानिक कदमको विरुद्धमा गरिने प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार