संसद विघठन प्रति नेकपा सोलुखुम्बुद्वारा विरोध प्रदर्शन, ( कसको धारणा के ? )

संघर्ष समिति गठन

  हिमाल समाचार
371 Shares


सोलुखुम्बु –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुले प्रधानमन्त्रि केपी शर्मा ओलीले असंवैधानिक तवरले गरेको संसद विघठनको बिरुद्धमा विरोध प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल समुहले प्रतिनिधिसभा विघटनबिरुद्ध मंगलबार देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय अनुसार नै सोलुखुम्बु जिल्लामा पनि विरोध प्रर्दशन भएको हो ।

नेकपाका नेता तथा कार्यकर्ताले जिल्ला समन्वय समितिदेखि फाप्लुसम्म मोटरसाईकल ¥याली निकालेका थिए । मोटरसाईकल ¥याली पश्चात नेकपाका उच्च पदस्थ व्यक्ति सहित जिल्ला समन्वय समितिको प्राङगणबाट ¥याली निकाली नयाँबजारबाट फर्किएर सल्लेस्थित समिक्षा हल परिसरमा कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा निवर्तमान सांसद हेमकुमार राई ‘सुरवीर’ले संसद विघठन भएपनि अदालतले जनताको पक्षमा फैसला गर्नेमा आफु विश्वस्त रहेको बताए । केपी ओली प्रबृत्ति हाबी गर्न खोजिएकोमा आपत्ति जनाउदै राष्ट्रघातीलाई जनताले मुल्याङकन गर्ने बताए ।

संविधानको रक्षा नहुँजेलसम्म आन्दोलनलाई जारी राख्ने उनले बताए । नेकपाको केन्द्रमा सुर्य चिन्ह कसले पाउँछ, भन्ने प्रश्न उठिरहँदा आफ्नो समुहले पाउने बताए । सरकारको सर्बसत्ताबादी प्रबृतिको विरुद्धमा गाउँगाउँमा जनताले आवाज उठाएर संविधान जोगाउन आवश्यक रहेको बताए । निरन्तर न्याय र सत्यको पक्षमा रहेको बताउँदै उनले जनता सामु गरिएको प्रबद्धताबाट सरकार पन्छिएको र असंवैधानिक काम गरेकाले जनताले कालो मोसो दल्न सक्ने चेतवानी दिए । नेपाल कम्युनिष्ट पार्टी नै आधिकारीक रहेको उनले बताए । आफु निर्वाचित भएपछि जिल्लामा उल्लेखिय काम भएको उनले बताए ।

नेकपाका नेता आङ ङिमा लामाले ओली प्रबृत्तिको विरोधका लागि सडकमा आउनु परेको बताए । जनतालाई घात गर्ने काम गरेकाले यसको विरोध गरिएको उनले बताए । राष्ट्रपति र प्रधानमन्त्रीले जनतालाई झुक्याएको बताए ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी नेकपा सोलुखुम्बुका सचिव गोम्बु शेर्पा (कज्र्याङ) ले संसद पुर्नस्थपना नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए । कुनै पनि एक व्यक्तिको मात्रै सरकार नभएकाले जनचाहाना अनुसार आफुहरु अघि बढेको उनले बताए ।

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद विघठन गरेकाले यसको विपक्ष उत्रिएको बताए । संसद पुर्नस्थापन नहुँदासम्म आन्दोलनलाई जारी राख्ने उनले बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटि सदस्य महेश किराँती र ठमनाथ पराजुली, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराति, लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेत लगायतका जिल्ला तहका नेता तथा स्थानिय तहका कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोलुखुम्बु जिल्ला कमिटिले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमले संघर्ष समिति गठन गरेको छ ।

नेकपाका केन्द्रिय सदस्य तथा सोलुखुम्बु ईन्चार्ज हेमकुमार राई (सुरवीर), नेता आङ ङिमा लामा, नेकपाका जिल्ला सचिव गोम्बु शेर्पा, स्थानिय तहका प्रमुख सहितको उपस्थितीमा सम्पन्न भेलाले आङङिमा लामाको संयोजकत्वमा ५ सय सदस्य रहने गरि संघर्ष समिति गठन गरिएको हो ।

समितिको सहसंयोजकमा गोम्बु शेर्पा (कज्र्याङ), सचिवमा ठमनाथ पराजुली (धुब्र), प्रबक्तामा हिमाल गिरिलाई चयन गरिएको निवर्तमान सांसद हेमकुमार राई सुरवीरका स्वकिय सचिव भुपेन कटेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार