हलेसी तुवाचुङ नगरपालिका र लिम्चुङबुङ गाउँपालिकामा आज सार्वजनिक बिदा

  हिमाल समाचार
126 Shares

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले उभौली पर्व, धान्य पुर्णिमा तमु ल्होसार, योमरी, ज्यापु दिवसको अवसरमा आज सार्वजनिक बिदा दिईएको छ ।

नगरपालिकाले सार्बजनिक सुचना जारी गर्दै नगरपालिका भित्रका वडा, विषयगत कार्यालय, र शैक्षिक संस्थामा स्थानिय सार्वजनिक बिदा दिईएको नगरपालिकाका मेयर ईवन राईले जानकारी दिए ।

उता, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पनि उभौली पर्वमा सार्वजनिक विदा दिएको छ । पुष १५ गते एकै साथ पर्न गएको उभौली पर्व, धान्य पुर्णिमा, तमु लोसार, योमरी पुन्ही र ज्यापु दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो ।

गाउँपालिका अन्तर्गतका सवै वडा, विषयगत कार्यलयहरु संगै शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिईएको सुचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार