सगरमाथा राष्ट्रिय निकुञ्जमा रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि अध्ययन सुरु

  हिमाल समाचार
336 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जमा रेडपाण्डा (हाब्रे) को अध्ययन सुरु गरिएको छ ।

सोलुखुम्बुको शैक्षिक क्षेत्रमा निजि क्षेत्रबाट लामो समयदेखि योगदान दिदै आएको रीड नेपालले पहिलो पटक खुम्बुमा रेडपाण्डाको अध्ययन गर्न सुरु गरेको हो ।

रीड नेपालले बन मन्त्रालयको अनुमतिमा ईन्टरनेस्नलन युनियन फर अफ कन्जरभेजन नेचर, मध्यवर्ती सामुदायिक वन र सगरमाथा राष्ट्रिय निकुञ्जको समन्वयमा रेडपाण्डाको अध्ययन सुरु गरिएको हो ।

रीड नेपालले अध्ययनका लागि स्थानिय संस्थाका प्रतिनिधि समावेश गरि दुई वटा समिति समेत गठन गरेको छ ।

खुम्बुपासाङल्हामु गाउँपालिकाको मन्जोमा रामकामजी मगरको अध्यक्षतामा र फाक्दिङमा ङवाङ शेर्पाको अध्यक्षतामा ११/११ सदस्य समिति गठन गरिएको रीड नेपालका एभरेष्ट युथ क्लाईमेक ईनिसियटिभका परियोजना संयोजक नारायण ज्ञवालीले जानकारी दिए ।

वन क्षेत्रमा रेडपाण्डाको आहारका रुपमा रहेको मालिङगो तथा निगालो उपभोत्ताले प्रयोग गर्दा असर पुगेकाले रेड पाण्डाको अध्ययन गरि यसको संरक्षण गर्ने कार्यको थालनी गरिएको उनको भनाई छ ।

मन्जोमा गठन गरिएको समितिले सोमबार पहिलो पटक निकुञ्ज क्षेत्रमा अध्ययन गरेको थियो । तर उक्त समितिको टोलीले रेड पाण्डा भेट्न सकेन । यसको अध्ययनमा रीड नेपालले सन २०२२ सम्म अध्ययनको काम गर्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार