नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन सोलुखुम्बुको कार्यालय उद्घाटन

  हिमाल समाचार
147 Shares

सोलुखुम्बु – नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन सोलुखुम्बुको कार्यालय उद्घाटन गरिएको छ । झोलाबाट सञ्चालन हुँदै आएको लेखापढीको काम अब आफ्नै कार्यलयबाट हुने भएको हो ।

हालसम्म लेखापढी कानुन व्यवसायीहरु संगठित हुन नसकिरहेका बेला झोलाबाट सेवा प्रदान गर्दै आएका कानुन व्यवसायीले आफ्नै कार्यालय स्थापना गरेका हुन् । जिल्ला मालपोत कार्यालय र नापी कार्यालयको बिचमा रहेको घरको कोठा भाडामा लिई शुक्रबार एक कार्यक्रमका बिच कार्यलयको उद्घाटन गरिएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले कार्यालयको उद्घाटन गर्दै नागरिकलाई सहज हुने तरिकाले सेवा प्रवाह गर्न कानुन व्यवसायीलाई आग्रह गरिन् ।

कार्यालय नहुँदा कानुन व्यवसायीका कारण सेवाग्राही अलमलिने तथा आर्थिक भार बढि पर्ने समस्या हट्ने सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिबक्ता श्रीराम खनालको विश्वास छ ।

कार्यालय नहुँदा लेखापढी कानुन व्यवसायीले पनि समस्या झेल्दै आएका थिए । ती समस्याबाट मुक्त, भएको लेखापढी कानुन व्यवसायी एसोसिएसन सोलुखुम्बुका अध्यक्ष आङ जांङबु शेर्पाको भनाई छ । लेखापढी कानुन व्यवसायि मार्फत सेवाग्राही ठगिनबाट बचाउनका लागि काम अनुसारको रेट समेत तोकिने उहाँको भनाई छ ।

सोलुखुम्बुमा लेखापढी कानुन व्यवसायी एसोसिएसनमा हालसम्म १६ जना आबद्ध रहेका छन् । यसको संख्यामा समेत बृद्धि गरि नागरिकलाई व्यवस्थित कार्यालयबाट सहज रुपमा सेवा प्रवाह गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार