यूनियन लाइफ इन्स्योरेन्सका राउत बने एमडीआरटी

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्लेरी शाखाले जिल्लाकै पहिलो एमडीआरटी बनाएको छ ।

सोलुखुम्बुमा दर्जन हाराहारीमा रहेका बीमा कम्पनीमध्ये यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बुमा सन् २०२१ का लागि जिल्लाकै इतिहासमा पहिलो एमडिआरटी कम्पनीका एजेन्सी म्यानेजर सन्तोष कुमार राउतलाई घोषणा गरेको हो ।

विश्वका ७४ देसका बीमा अभिकर्ताहरुको सर्वोच्च अन्तर्राष्ट्रिय संगठन मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) को सदस्यता प्राप्त गर्न निश्चित अन्तर्राष्ट्रिय मापदण्ड तोकिएको छ ।

एमडीआरटीको सदस्य बन्नका लागि सन् २०२० भित्र ३० लाख १२ हजार प्रथम प्रिमियम मापदण्ड पूरा गरी राउतले छोटो समयमा सदस्यता प्राप्त गरे । सन् २०२१ को एमडिआरटीको सम्मेलन सिङ्गापुरमा हुने भएको छ । कम्पनीको सल्लेरी शाखाले पहिलो एमडीआरटी राउतलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

छोटो समयमा सफलता दिलाउन कर्मचारीहरु, आफन्त, साथीभाई, शुभचिन्तकहरु धेरै जनाको सहयोग प्राप्त भएको भन्दै एमडीआरटी राउतले सबैलाई धन्यवाद दिए । बीमा जीवनमा सुरक्षा तथा बचतका लागि अपरिहार्य भएकाले सबैलाई कमाई अनुसारको बीमा गर्न उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार