दोभान हाइड्रोपावर प्रा.लि. लाई वार्तामा आउन खाम्जे नाजिङबासीको आग्रह

  हिमाल समाचार
581 Shares

सोलुखुम्बु – दोभान हाइड्रोपावर प्रा.लि. लाई वार्तामा आउन सोलुखुम्बुको खाम्जे नाजिङबासीले आग्रह गरेका छन् ।

शुक्रबार एक संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै खाम्जे नाजिङ बासीले जुनबेसी खोला जलविद्युत आयोजनाको मनोमानी निर्माण कार्य गरेको भन्दै निर्माण कम्पनि दोभान हाइड्रोपावरलाई वार्ताका लागि आउन आग्रह गरेका हुन् ।

सोलुदुधकुण्ड नगरपालिका २ मा सञ्चालित ५.२ मेगावाटको दोभान हाईड्रोपवार कम्पनिले आजसम्म सार्वजनिक सुनुवाई नगरी आफुखुसी आयोजना निर्माण कार्य अघि बढाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

हाईड्रोपवारले अहिलेसम्म सामाजिक उत्तरदायित्व अन्तर्गतका आधारभुत काम नगरिएको, ठाउँ–ठाउमा पहिरो आउने स्थिती भएपनि जथाभावी ढङ्गले काम गरिएकोले अधिकारिक छलफल गरेर स्थानीयको मागहरुको सम्बोधन गर्न जारी विज्ञप्तीमा माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार