सोलुखुम्बु – ठेकेदार कम्पनिको लापरबाहीका कारण वर्षौदेखि अलपत्र बनेको सोलुखुम्बुको काँगेल स्थित स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गरिएको छ ।
२०७२ सालको मंसिरबाट निर्माण कार्य सुरु गरिएको स्वास्थ्य चौकीको भवन निर्माणमा ठेकेदार कम्पनी सगरमाथा घिमिरे निर्माण सेवाले ढिलासुस्ती गरेपछि केही बर्ष अलपत्र बनेको थियो ।
तत्कालिन शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुंगाको २ करोड ४१ लाखको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको थुलुङ दुधकोशी गाउँपालिका २ का वडाध्यक्ष उदयनारायण बस्नेतले जानकारी दिए ।
आवश्यक जनशक्ति र स्थास्थ्य उपकरणको व्यवस्थापन गरि आगामी माघ देखि नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरिएको छ ।