सल्लेरी स्थित शिव मन्दिरको आश्रयस्थल र शौचालय जिर्ण

  हिमाल समाचार
7 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरी स्थित शिव मन्दिरको आश्रय स्थल र शौचालय जिर्ण बनेको छ ।

सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीमा रहेको शिव मन्दिर परिसरमा निर्माण गरिएको आश्रय स्थल र शौचालय जिर्ण देखिएको हो ।
२०६५ सालमा निर्माण गरिएको दर्शनार्थी बस्ने आश्रयस्थको काठ मक्किएको छ भने भत्किन समेत थालेको छ । आश्रयस्थल नजिकै रहेको शौचालयको ढोका व्यवस्थित नभएकाले प्रयोगमा आएको छैन ।

शैचालय प्रयोगमा नआउँदा मन्दिरमा पुग्ने दर्शनार्थीलाई समस्या हुने गरेको छ । मन्दिर व्यवस्थापन समितिका सचिव एकाकुमारी कार्कीले बजेट अभावका कारण व्यवस्थापन गर्न नसकिएको बताईन् । स्थानिय सरकारलाई बजेटको व्यवस्थापन गर्न माग गरेको भएपनि हाल सम्म व्यवस्था नगरिएको बताईन ।

यता नगरपालिका मेयर नाम्गेल जांबु शेर्पाले व्यवस्थापन समितिकै कमजोरी रहेको औल्याए ।
साना तिना समस्या मन्दिर व्यवस्थापन समिति आफैले गर्न सक्ने भएपनि सरकारको मुख ताक्नु राम्रो नभएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार