टाक्सिन्दुका ५५२ परिवारलाई खाद्यान्न वितरण

  हिमाल समाचार
280 Shares

सोलुखुम्बु – हिमालयन तारा अर्गनाईजेसन सोलुखुम्बुले सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका ५५२ घरलाई खाद्यान्न वितरण गरेको छ ।

हिमालयन तारा अर्गनाईजेसन सोलखुम्बुले तारा फाउण्डेसन अमेरिका र एलेक्स लो च्यारिटेबल फाउन्डेसन अमेरिकाको सहयोगमा पुष १६ गते देखि १८ गते सम्म सो क्षेत्रका नागरिकलाई राहत स्वरुप १ बोरा चामल , १ केजिदाल, २ केजि नुन आटा पिठो ९ केजि, तेल १ लिटरका दरले दैनिक उपभोग्य बस्तु वितरण गरिएको हो ।

यो वर्ष खाद्यान्न उत्पादनमा गिरावट आएको, कोरोना महामारीका कारण प्रभावित भएका परिवारलाई खाद्यान्न सहयोग गरेकोमा वडाध्यक्ष छोङबा लामाले खुसी व्यक्ति गरेका छन् ।

आगामी दिनमा अन्य वडाका नागरिकलाई पनि खाद्यान्न वितरण गरिने छ । राहात कार्यक्रमबाट दलित, महिला, बृद्धबृद्धा, एकल महिला र बेरोजगार लाभान्वित भएको हिमालयन तारा अर्गनाईजेसन सोलुखुम्बुका सचिव सुरेश खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार