सोलुखुम्बुका ४ क्यान्सर पिडितलाई NEFFA र लाइन्स क्लबको आर्थिक सहयोग

  हिमाल समाचार
658 Shares

काठमाण्डौ – कांग्रेसका सोलुखुम्बुका नेता प्रकाश सिंह कार्कीको सहकार्यमा सोलुखुम्बुका ४ जना आर्थिक अवस्था कमजोर भएका क्यान्सर पिडित लगायतका अन्य रोगीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेपाल फ्रेट फरवार्डरस् एशोसियशन (NEFFA)का अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका कार्कीको सहकार्यमा गृह जिल्ला सोलुका ४ क्यान्सर र पाठेघर सम्बन्धि बिरामीलाई आर्थिक सहयोग गरिएको हो ।

नेपाल फ्रेट फर्वाडर्स सगको सहकार्यमा कार्कीले महाकुलुङ गाउपालिका –४ गुदेल सोलुखुम्बुका हर्कजीना राईको उपचारका लागि ३६ हजार प्रदान गरिएको छ । उनी फोक्सोको क्यान्सर पिडित हुन् । त्यस्तै, टाउकोको क्यान्सरबाट पिडित सोलुखुम्बु महाकुलुङकै बुवाराज राईको उपचारका लागि ३६ हजार सहयोग प्रदान गरिएको छ । पाठेघरको समस्याबाट पिडित नेचासल्यान गाउपालिका – ३ बेशीगाउँकी हिरादेवी कटेलको उपचारमा एशोसियशन सगको सहकार्यमा कार्कीले २० हजार सहयोग गरेका छन् ।

आइतबार काठमाण्डौमा सम्पन्न एशोसियशनको २० औ साधारण सभा तथा कार्यकारणी समितिको निर्वाचन कार्यक्रमको समापन समारोहमा सहयोग रकमको चेक पिडितका परिवारलाई हस्तान्तरण गरिएको छ ।

त्यस्तै, शनिबार नेता कार्की सगको सहकार्यमा सोलुदुधकुण्ड नगरपालिका –७ गार्माका क्यान्सर पिडित बुद्धि बहादुर भूजेलको उपचारमा कांग्रेस नेता कार्कीकै पहलमा लाइन्स क्लब अफ काठमाण्डौ क्यापिटलले २५ हजार सहयोग गरेको नेविसंघका नेता दिनराज बास्तोलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार