सोलुखुम्बु : देउसामा भलिबल र हाजिरीजवाफ प्रतियोगीता

  हिमाल समाचार
497 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ८ वडा कार्यालय र दुधकौशिका माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न साविकको अन्तर वडास्तरिय महिला/पुरुष भलिबल प्रतियोगीतामा वाकु – २ (हाकुला) र बुङ – ८ को टिम प्रथम भएका छन् ।

पुस १६ देखि शुरु भलिबल प्रतियोगीतामा महिलातर्फ पावै – २ द्धितीय र वाकु – ३ (रोचम)को टिम तृतीय भएका छन् भने पुरुष भलिबल तर्फ देउसा – ६ द्धितीय र सोताङ – ८ तृतीय बन्न सफल बनेको आयोजक समितिका सदस्य शिशिरदेव किराँती जानकारी दिए ।

महिला/पुरुष भलिबलमा विजेता टिमलाई समान पुरस्कारको व्यवस्था मिलाइएको थियो । प्रथम, द्धितीय र तृतीय टिमले नगद २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बुङका सुरेश राई पुरुष भलिबल तर्फ र वाकु (हाकुला)की चाँदनी खालिङ उत्कृष्ट खेलाडी बनेका छन् ।

हाजिरीजवाफ प्रतियोगीतामा देउराली आधारभूत विद्यालय (देउसा)को समूह प्रथम बनेको छ । थुलुङ दुधकोशी गाउँपलिका ७ र ८ भित्रका विद्यालयका आधारभूत तहका विद्यार्थी बिच भएको प्रतियोगीतामा देउसा माविको समूह द्धितीय र दुधकौशिका माविको समूहले तृतीय पुरस्कार हात पारेका छन् ।

विजेतालाई क्रमश : ३ हजार, २ हजार र एक हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेता टिमलाई आइतबार आयोजित समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका पुर्वअध्यक्ष तथा थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाका वडाअध्यक्ष रामसघर्ष किराँतीले पुरस्कार वितरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार