गीत संगीतमा पनि पर्मको चलन थियो – लोक गायिका दुरा

चौतारी गफ

  शिखर गजरकोटे
350 Shares

काठमाण्डौ – लमजुङ दुराडाँडामा जन्मे हुर्केकी बिमा कुमारी दुराले पढ्न पाइनन् । विजय इन्जिनियरिङको प्रस्तुतीमा प्राइम टाइम एचडिमा शनिबार दिउँसो ३ बजे प्रसारणमा आएको लोक गीत संगीतको कार्यक्रम ‘चौतारी’मा गायिका दुराले आफूले पढ्न नपाएको बताइन् ।

भाईवहिनीको धराले बस्दा र गोठालो गरेरै शिक्षा आर्जन गर्ने समय विताएको उनले बताइन् । ‘दिदी भएपछि भाइवहिनीको स्याहार त गर्नै प¥यो ।’ बिमाले भनिन्, ‘धराले र गोठालो लागेपछि स्कुल जाने त कुरै भएन् ।’

२०४६ सालमा पहिलो गीत ‘छोरीको जुनी’रेर्कड गराएकी बिमाले २०४५ साल तिरै एक राजनितिक दलको कार्यक्रममा दोहोरी गाएको पुरानो याद सम्झिन्छिन् । ‘त्यसबेला सञ्चारमाध्यम भनेको रेडियो नेपाल मात्र थियो । कलाकार पनि कम थिए । पर्म लगाएर गीत बजारमा ल्याउने चलन थियो ।’ बिमा थप्छिन् ।

जुन कुरा अहिले पनि लोक क्षेत्रमा भेटिन्छन् । पछिल्लो समय कमाइको आधार बनेको प्रत्यक्ष दोहोरीमा कतिपय लोक कलाकर्मीले पर्म लगाएर गीत गाउने गरेका छन् ।

‘चौतारी’को बसाइमा निकै खुलेकी गायिका बिमाले ‘लमजुङ तुर्लुङकोट’ र ‘यो दाजुको मिर्मिरे आँखा लाइभ बाजामा गाएर सुरिलो स्वर सुनाइन् ।

पुरा भिडियो

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार