सहुलियतमा कर्जा सहजिकरण कार्यक्रम सञ्चालनका लागि लक्ष्मी बैंक र थुलुङ दुधकोशी गाउँपालिका बिच सम्झौता

  हिमाल समाचार
175 Shares

सोलुखुम्बु – सहुलियतमा कर्जा सहजिकरण कार्यक्रम सञ्चालनका लागि लक्ष्मी बैंक र थुलुङ दुधकोशी गाउँपालिका बिच सम्झौता भएको छ ।

उद्यमशील र स्वरोजगारको लागि व्यवसायिकता मार्फत आत्मनिर्भर पालिका निर्माणका लागि गाउँपालिका र लक्ष्मी बैंक बिच सहुलियतपुर्ण कर्जा सहजिकरण कार्यक्रम सन्चालनका लागि सम्झौता गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ संसोधन अनुसार सम्झौता गरिएको हो ।

सहुलियतपुर्ण कर्जा लिनका लागि क्षमता विकास गरि सक्षम बनाउने, उद्यमशिलताका माध्यमबाट व्यक्तिलाई उत्पादन सँग जोड्ने र रोजगारी सिर्जना गर्ने, उद्यमशिलता र स्वरोजगारको लागि नेपालमै सम्भावना भएकाले सकारात्मक सोचको प्रवदर्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउने, लक्षित कार्यक्रमहरुको कार्यान्वयनमा साझा उदेश्य प्राप्तीका लागि सरकारी निकाय तथा वित्तिय संस्थाहरु बीचको समन्वय र सहकार्यको वातावरण तयार गर्ने उदेश्यले सम्झौता भएको छ ।

बैदेशिक रोजगारीबाट सीप, अनुभब र धेरथोर पुँजि समेत संकलन गरी स्वदेश फर्किएका युवालाई पुःन विदेशिनु पर्ने बाध्यताबाट रोकि उद्यमशिलतासँग जोेडेर विदेशबाट आर्जित सीप अनुभव र पुँजि स्वदेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पु¥याउने र वित्तिय पहुँच एवम् वित्तिय समावेशीतामा अभिबृद्धि गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार