सोताङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सीप विकास सम्बन्धि तालिम

  हिमाल समाचार
56 Shares

सोलुखुम्बु – रीड नेपालको आयोजनामा सोलुखुम्बुको सोताङमा जारी ५ दिने राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सीप विकास सम्बन्धि तालिमको समापन गरिएको छ ।

अस्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न तालिम प्रभावकारी भएको शिक्षकहरुले बताएका छन् ।

विद्यार्थीको पठन सीप विकासका लागि प्रभावकारी विधि सिक्न पाएको पात्ले आधारभूत विद्यालयकी शिक्षिका भगवती राउतले बताईन् । तालिमले प्रभावकारी शिक्षणमा समेत सहयोग पुग्ने पेल्माङ आधारभूत विद्यालयकी शिक्षिका मनिला राइले बताईन् ।

कार्यक्रममा सोताङ गाउँपालिका अध्यक्ष वीरबहादुर राईले शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको रीड नेपाललाई धन्यावाद दिदै तालिमले शिक्षाको गुणस्तर बृद्धिमा थप टेवा पुग्ने बताए ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले प्रायः तालिममा सिकेका कुरा कक्षाकोठामा सम्म पु¥याउन आग्रह गरे । तालिममा सोताङ र महाकुलुङ गाउँपालिकाका ६ विद्यालयका १२ जना शिक्षक, शिक्षिकाहरु सहभागी बनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार