३ वर्षमा सोलुदुधकुण्डमा ४ वटा मोटरेबल पुल निर्माण

  हिमाल समाचार
147 Shares

सोलुखुम्बु – स्थानीय सरकार गठनको ३ वर्षमा सोलुदुधकुण्ड नगरपालिकाले ४ वटा मोटरेबल पुल निर्माण गरेको छ । देश संघिय संरचनामा गएपछि सोलुदुधकुण्ड नगरपालिकाका विभिन्न स्थानमा ४ वटा मोटरेबल पुल निर्माण गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ६ खोरिया र छुल्यामु जोड्ने गरि ४ मिटर चौडाई र ३० मिटर लम्बाई भएको ३ करोड ९७ लाख ४८ हजार ४३५ रुपैँयाको लागतमा मोटरेबल पुल निर्माण गरिएको नगरपालिकाका ईन्जनियर छेवाङ शेर्पाले जानकारी दिए ।

त्यस्तै, सोल्नासा र गोराखानी जोड्ने गरि ८० फिट लम्बाई र ४.२ मिटर चौडाई भएको मोटरेबल पुल १ करोड ५३ लाख ७१ हजारको लागतमा निर्माण गरिएको छ । तामाखानीमा ८० फिट लम्बाई र ४.२ मिटर चौडाई भएको मोटरेबल पुल १ करोड ५९ लाख ४६ हजार ८३६ लागतमा निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

वडा नम्बर २ को बेनिखोलामा ७० फिट लम्बाई र ४.२ मिटर चौडाई भएको १ करोड ३३ लाख ९९ हजार रुपैयामा मोटरेबल पुल निर्माण गरेर संचालनमा ल्याइएको छ । त्यस्तै, सोलुदुधकुण्ड नगरपालिकामा थप दुई वटा मोटरेबल पुल निर्माणाधिन अवस्थामा छन् ।

सिसाखोलामा ३३.५२ मिटर लम्बाई र ४.२ मिटर चौडाई भएको ३ करोड ६५ लाख ९८ हजार ७९४ रुपैँयामा मोटरेबल पुल निर्माण हुदैछ । नगरपालिकाले दिएको जानकारी अनुसार सल्लेरी–रोसि जोड्ने गरि ४२.६७ मिटर लम्बाई र ४.२ मिटर चौडाई रहेको ४ करोड ७० लाख ५ हजार २७२ रुपैँयाको लागतमा निर्माण हुनेछ । यि दुवै मोटरेबलपुल निर्माणका लागि कागजिय काम सकिएको छ ।

विकासलाई प्राथमिकता दिएको नगरपालिकाले बेनि खोला माथी ट्रस्ट ब्रिज र खाम्दीङ–टाप्टीङमा झोलुङगे पुल समेत निर्माण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार