दुधकोसी सामुदायिक अस्पताल अब धुलिखेल दुधकोसी सामुदायिक अस्पतालमा परिणत

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधिन दुधकोसी सामुदायिक अस्पताल र धुलिखेल अस्पताल बिच अस्पताल निर्माण तथा सञ्चालन लगायतका विषयमा सम्झौता भएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लिमा निर्माणधिन अस्पताल र धुलीखेल अस्पताल बिच दीगो सन्चालन, सेवा प्रवाह लगायतका विषयमा मंगलबार सम्झौता भएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

यो सम्झौता सँगै अब दुधकोसी सामुदायिक अस्पताल, धुलिखेल दुधकोसी सामुदायिक अस्पतालमा परिणत भएको छ । अस्पतालबाट प्रसुति लगायतका सेवा दक्ष डाक्टरबाट प्रवाह गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

अस्पताललाई प्रदेश नं १ कै सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार