सोलुखुम्बुका डिएसपी फेरिए, कटवाल आउँदै

  हिमाल समाचार
784 Shares

सोलुखुम्बु – नेपाल प्रहरीका ३० जना प्रहरी उपरिक्षक (एसपी) र ६९ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपी, ६९ जना डिएसपीको एक साथ सरुवा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कबित कटवाललाई सरुवा गरिएको छ । उहाँको हालको दरबन्दी प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, काठमाण्डौमा रहेको थियो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत डिएसपि टेकुनन्द इवा लिम्बुको सरुवा भएपछि उहाँको स्थानमा डिएसपि कट्वाललाई प्रहरी प्रधान कार्यालयले खटाएको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय ओखलढुगांमा डिएसपी रुपेश खड्काको स्थानमा डिएसपि गोविन्दराज काफ्लेलाई पठाईएको छ ।

ईलाका प्रहरी कार्यालय पथरी, मोरङमा डिएसपी कृष्ण खड्का, १ नं प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ अभियोजन समुहमा बिपिन रेग्मी, ईलाका प्रहरी कार्यालय अनारमनी, झापामा सन्तोष आचार्यलाई सरुवा गरिएको छ । यस्तैगरी १ नं प्रदेश दंगा नियन्त्रण प्रहरी गण दुहवी, सुनसरीमा एसपि दिपक कुमार बस्नेत सरुवा भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार