उदयपुर – रौतामाई गाउँपालिका १ तालथुकीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गाईघाटबाट नामेटार तर्फ जाँदै गरेको प्र २–०२–०१–००त १०१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति ८ बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । त्रियुगा नगरपालिका ७ कालीखोला बस्ने २० वर्षिय केशब विश्वकर्माको उपचार गर्न लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनामा अन्य ४ जना व्यक्ति पनि घाइते बनेका छन् । ट्याक्टर दुर्घटनामा रौतामाई १ नामेटार बस्ने ४८ वर्षिय कर्मध्वज तामाङ, सोही ठाउँका २१ वर्षिय सन्तोष तामाङ, ३५ वर्षिय ज्ञानीमाया तामाङ र १९ वर्षिय सीता तामाङ घाइते भएका हुन् ।