३ जिल्लाका पत्रकारलाई तालिम

  हिमाल समाचार
133 Shares


सोलखुुम्बु –
ओखलढुंगामा मानव अधिकार र पत्रकारीता विषयक दुई दिने तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको तालिममा सोलुखुम्बु, ओखलढुंगा र खोटाङका गरि ३९ जना पत्रकारको सहभागिता रहेको थियो ।

मानव अधिकारका सवालका समाचार, मानव अधिकार र पत्रकारको सम्बन्ध, पत्रकारका आचार संहिता लगायतका विषयमा तालिम केन्द्रित रहेको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

आज तालिम समापन कार्यक्रममा बोल्दै ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौड्यालले विकास निर्माणमा भएका ढिला सुस्ती, प्रशासनिक काम लगायतका विषयमा पत्रकारहरुको ध्यान जानुपर्ने र सत्य तथ्य कुरा बाहिर ल्याउनुपर्ने बताए ।

तालिमको सहजिकरण मानव अधिकार आयोगका सहसचिव एवम् प्रबक्ता टिकाराम पोखरेल र मावन अधिकार आयोगको प्रदेश शाखा खोटाङका प्रमुख श्यामबाबु काफ्लेले गरेका थिए । तालिममा सहभागिलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार