अनेरास्ववियुु ओली समुहको विशेष कार्यकर्ता भेला सम्पन्न

  हिमाल समाचार
399 Shares

सोलुखुम्बु – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन सोलुखुम्बु जिल्ला कमिटिको आयोजनामा सल्लेरीमा विशेष कार्यकर्ता भेला सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समुहको भेलाले भुपेन्द्र राईको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गरिएको छ ।

जसको उपाध्यक्ष आङ लाक्पा शेर्पा, सचीव श्याम कुमार राई, सहसचीव गौरव खालिङ सहसचीव मनिका राई, सहसचीव रस्मिता कार्की र कोषाध्यक्षमा सरोज भट्टराईलाई चयन गरिएको हो । त्यस्तै स्थानिय तहको अनेरास्वयवियुको स्थानिय तहको ईन्चार्ज, संयोजक, सहसंयोजक तोकिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकामा ईन्चार्ज, पासाङ लाक्पा शेर्पा, संयोजक रस्मिता कार्की, सहसंयोजक पेम्डोमा शेर्पालाई चयन गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकामा ईन्चार्ज मनिष नाछिरिङ, संयोजक भलाकाजी तामाङ र सहसंयोजकमा शरण राईलाई तोकिएको छ ।

भेलाले नेचासल्यान गाउँपालिकाको ईन्चार्जमा सरोज भट्टराई, संयोजकमा राजेश भट्टराई र सहसंयोजकमा प्रकाश राईलाई चयन गरेको होे । सोताङ गाउँपालिकाको ईन्चार्जमा मिलन नाछिरिङ, संयोजक भुपाल राई र सहसंयोजकको जिम्मेवारी राज राईलाई दिईएको छ ।

महाकुलुङ गाउँपालिकामा सिरा राई ईन्चार्ज, संयोजकमा नरेन्द्र कुलुङ र सहसंयोजक प्रभात कुलुङ रहेका छन् । माप्यदुधकोशी गाउँपालिकामा ईन्चाजमा रेखासा दर्नाल, संयोजकमा धनकुमार राई र सहसंयोजकमा बिशाल राईलाई तोकिएको छ । लिखुपिके गाउँपालिकाको ईन्चार्ज भुपेन्द्र राईलाई जिम्मेवारी दिएको भने संयोजक र सहसंयोजक भने तोक्न बाँकी छ ।

र खुम्बु पासाङल्हामु गाउँपालिकाको ईन्चार्ज श्यामकुमार राई रहेका छन् भने, संयोजक र सहसंयोजक तोक्न बाँकी रहेको छ ।

अनेरास्ववियु जिल्ला कमिटी सोलुखुम्बुका संयोजक लक्षमण खालिङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा, नेकपाका केन्द्रीय सदस्य मानबिर राई, प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, सोलुदुधकुण्ड नगर नगरपालिका उपमेयर कल्पना राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार वास्तोला, अनेरास्ववियु केन्द्रीय सदस्य विरउदास श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार