राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै

  हिमाल समाचार
0 Shares

काठमाण्डौ – संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकको मुख्य कार्यसूचीमा प्रधानमन्त्रीद्वारा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभामा पेश गर्नुहुनेछ ।

यसैगरी राष्ट्रिय सभाध्यक्षले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम समेत मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ । यसका साथै मुलुकको पछिल्लो राजनीतिक संकट, विशेषगरी संसद विघटन र त्यसपछिको अवस्थाबारे राष्ट्रिय सभाका सदस्यहरूले सरकारको ध्यानाकर्षण गराउने तयारी समेत रहेको बताइएको छ ।
यही पुस ५ गते संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गरिएको थियो । त्यसपछि राष्ट्रियसभाको पहिलो बैठक यही पुस १७ गते बसेको थियो भने त्यसपछि आज बस्न लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार