प्रधानमन्त्री ओली हिटलर बनेको काग्रेस सांसद रायमाझीको आरोप

काठमाडौं-नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफूले संविधान नमान्ने, अरुले मात्र मान्नुपर्ने भन्ने सोचाइ राखेको भन्दै उनी हिटलर हो भनी प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्रीले पदमा रहने आफ्नो योग्यता गुमाएको पनि टिप्पणी गरे ।
संविधानअनुसार प्रधानमन्त्री रहन संसद सदस्य रहनुपर्ने, बहुमत सांसदको समर्थन हुनुपर्ने र मानसिक अवस्था ठीक हुनुपर्ने उल्लेख गरेको भन्दै रायमाझीले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्ने कि नमिल्ने भनी प्रश्न गरे ।सरकारले जस्तोसुकै कदम मान्न बाध्य पारेर राष्ट्रपति संस्थाको पनि बदनाम गरेको रायमाझीले टिप्पणी गरे ।
सरकारले राष्ट्रपतिलाई प्रभावमा पारेर महिलाहरु काम गर्न असक्षम भएका हुन् भन्ने प्रश्न खडा गरिदिएको पनि बताए । प्रधानमन्त्री ओलीका कारण गणतन्त्र मुलुकको लागि अफापसिद्ध हो भनेर प्रचार गर्नेहरु हौसिएका रायमाझीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार